
देउखुरी । काठमाडौं स्थित देउखुरी निसराउ समूहले दाङको देउखुरीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
देउखुरी निसराउ समूहले गढवा गाउँपालिका वडा नं. ५ स्थित श्रीमावि चैनपुरमा आगामी असोज १५ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो ।
देउखुरी निसराउ समूहका अध्यक्ष चौधरीले एक विज्ञप्ती जारी गर्दै उक्त निःशुल्क स्वास्थ्य शिविरबारे जानकारी दिदै शिविरको सुमद्घाटन सहरी विकास मन्त्री मेटमणि चौधरीले गर्ने देउखुरी निसराउ बताए ।
उक्त शिविरमा हाड जोर्नी विशेषज्ञ डा राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्ट डा सुनिल चौधरी, दन्त चिकित्सक डा. कृष्ण प्रसाद चौधरी, स्त्री रोग विशेषज्ञ, जनरल फिजिसियन, आँखा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ । साथै, मेडिकल अफिसरहरु डा पुष्पा भुसाल, डा संगम सिंह, डा केदार अधिकारी, डा कौशल गिरी, डा रुविना चौधरी, डा सुदीप चौधरी लगायतले शिविरमा सेवा दिने अध्यक्ष चौधरीले बताए ।
थारु कल्याणकरिणी सभा गढवा सहआयोजक रहेको शिविरमा गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य देउखुरी निसराउ समूहको जारी विज्ञप्तीमा उल्लेख छ ।
२०७० सालमा स्थापित निसराउ समूहले यसअघि देउखुरीमा हाफ म्याराथुनको आयोजना, थारु साहित्यिक कार्यक्रम, कोभिडको समयमा राहत वितरण, बाढी पीडितहरुलाई सहयोग, लमहीमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग लगायत सामाजिक कार्यमा सहभागिता जनाइसकेको छ ।

तपाईको प्रतिक्रिया