कृष्ण सेन संगै सक्किएको उनको त्यो घर

लेखकको बारेमा
जगत खनाल

लुम्बिनी प्रदेशको राजधानी प्रवेश गदैैगर्दा राप्ती नदिको किनारमा झट्ट हेर्दा इट्टाको थुप्रो जस्तो देखिने केही फुटेका इट्टा, झ्याल हेर्दा लाग्छ कुनै एउटा भत्किएको घर हो ।

 

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अर्घाखाँची जिल्ला शीतगङा नगरपालिका वडा नम्बर ८ को सातमारा भन्ने ठाउँमा रहेको उक्त घर एउटा श्रमजीवी, मुक्तिकामी योद्दाको घर हो । इतिहास बोकेको उक्त घर वरिष्ठ साहित्यकार जनवादी लेखक कृष्ण सेन इच्छूकको घर हो ।

साम्यवादी चिन्तन प्रती अटुट आस्था र बिश्वास राखे व्यक्ति हुन कृष्ण सेन इच्छुक । २०१३ साल कार्तिक ३ गते भारतको देहरादुनमा पिता यम बहादुर सेन र माता भिम कुमारी सेनको कोखबाट माइलो सन्तानको रुपमा सेनको जन्म भएको थियो । सेन समाजवादी अर्थात प्रगतिवादी धारका सशक्त कवि हुन ।

साहित्यिक बाहेक उनका सांस्कृतिक राजनीतिक र पत्रकार ब्याक्तित्व पनि हुन्। महान उदेश्य र आस्थाका लागि एउटा श्रष्टाले कसरी आफुलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराको एउटा राम्रा उदाहरण हुन इच्छुक । पुर्ख्यौली घर प्युठानबाट बसाइँ सरेर अर्घाखाँची जिल्लाको तत्कालीन जलुके गाबिसको सातमारा भन्ने ठाउँमा उनको परिवार बस्दै आएको थियो ।

कृष्ण सेनको भग्नावेस घर

समाज परिवर्तन गरि समाजवादमा पुग्ने लक्ष सहित राजनीतिक आन्दोलनमा होमिएका सेन करिब नौ वर्ष जेल जीवन बिताएका एक क्रान्तिकारी योद्धा हुन । तत्कालीन माओवादीले संचालन गरेको जनयुद्धमा होमिएका सेनालाई २०५९ साल जेठ छ गते धोकापुर्ण ढंगले काठमाडौबाट समातिएका सेन सात दिन पछि अर्थात जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातनाका कारण मृत्यु भएको थियो ।

देशमा शासन व्यवस्था परिवर्तन गर्न र जनताको जिवनमा आमूल परिवर्तन गर्न जनयुद्धमा होमिएका सेन जेठ १३ गते पछि कहिल्यै पनि आफ्नो घर फर्कन पाएनन् । उनी संगै आन्दोलनमा होमिएका थुप्रै साथीहरू अहिले सरकारी उच्च तहमा पुगि सकेका छन । कोहि मन्त्री, प्रधानमन्त्री भएका ती सहयोद्धाहरु दिनहु उनको त्यो भग्नावेस घरको छेउमा रहेको सडकबाट ओहोरदोहोर गर्ने गर्छन् । तर त्यो घरलाई उनिहरुले कहिल्यै पनि हेरेका छैनन् अर्थात संरक्षन गर्न लागेका छैनन् । त्यो इतिहास बोकेको भग्नावेस घरले ती सहयोद्दा हरुलाई जहिले पनि हेरिरहेको हुन्छ ।

सेन जसरी माटोमा बिलिन भएका छन तेस्तै उनको घरपनि बिस्तारै माटोमा विलीन हुँदै गएको छ । कुनै पनि मानिस त्यो भग्नावेस घरको नजिक जान्छ लाग्छ सेनले हावाको माध्यमबाट भनी रहेका हुन्छन् म माटोमा विलीन भैसकेको छु आउ मेरो त्यो इतिहास बोकेको घरलाई संरक्षन गर ।

देशमा ठुला परिवर्तन भए देश राजतन्त्रको शासनबाट मुक्त भएर गणतान्त्रिक शासनमा परिणत भएको छ । थुप्रै उनका सहयोद्दाहरुले काठमाडौमा ठुलाठुला महल बनाइ सकेका छन तर देश र जनताको लागि हासिहासी प्राण त्याग गर्ने सेनको घर संरक्षन गर्न कसैको पनो ध्यान जान सकेको छैन अर्थात उनको घर संरक्षण गर्ने दिशामा आगाडि बढेका छैनन् ।

सेन संगै जनादेश पत्रीकामा काम गर्नु गरेका एकीकृत समाजबादी प्रदेश कमिटी सदस्य तथा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीले देशमा परिवर्तन गर्न लागेका वा सहिद भएका सेनालाई राज्यले सम्मान गर्न नसकेको बताए । राज्य सत्तामा जाने हिज उनी संगै काम गरेका सम्पुर्ण सहपाठीहरु चिल्ला गाडिमा हिड्ने र ठुला महमा बस्ने भएपछि सेन जस्ता योद्धालाई बिर्सिएको आरोप लगाए । उनका सहपाठीहरु अहिले नाताबाद र कृपाबादमा डुबिसकेकाले सेन जस्ता महान व्यक्तिलाई सम्झन छोड्नु र उनको त्यो इतिहास बोकेको घरलाई संरक्षण गर्न नसक्नु माओवादी नेता हरुको ठुलो कमजोरी रहेको बताउदै सरकारले खण्डहर बनेको घरको संरक्षण गर्नु पर्ने बाताउछन ।

यस्तै माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटी पुर्व अध्यक्ष स्यामेश चौधरीले स्थानिय र राष्ट्रिय स्तरमा उनले उठाएको मुद्दाको बिषयमा सर्वहारा, श्रमजीवी जनताहरुको लागि लडाइँ गर्दा सहिद भएका हुन भन्ने बिषयमा प्रचारप्रसार नहुदा पनि र पार्टी सर्वहारा बर्गिय जनताबाट टाढिदै जादा उनको सम्मान हुन नसकेको बताउछन । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले प्राप्त चासो दिएर त्यस्ता महान सहिदको घर संरक्षण गर्नु पर्ने नेता चौधरीको भनाइ रहेको छ ।

देश संघीयतामा गइसकेको अवस्थामा उनको घर रहेको क्षेत्रलाई लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थायी राजधानीको रुपमा घोषणा गरेको छ । राजधानीको केन्द्र बिन्दुमा रहेको उनको त्यो भग्नावेस घरलाई एउटा साहित्यिक र राजनीतिक संग्रहालयको रुपमा बिकास गर्न सकिन्छ । तर सेन संगै उनको घरपनी एउटा इतिहास नामेट हुँदै गएको छ । उनको घर पुर्व पश्चिम राजमार्गको नजिकै रहेतापनि थोरै मानिसले मात्र सेनको घर हो भन्ने थाहा छ । सेन संगै तत्कालीन शाही नेपाली सेनाले उनको घरमा आगो लगाएर भग्नावेसमा पणिनत गरेको स्थानीय नर बहादुर कुमाल बताउछन । एक छेउको गाह्रो संगै एउटा झ्याल र केही थान फुटेका इट्टा मात्र अहिले सेनको घरहो भन्ने प्रमाणको रुमपा रहेका छन ।

एउटा राजनीतिक साहित्यिक आस्था बोकेक त्यो भग्नावेस घर लाई संरक्षण गर्न सके आउने पुस्ताको लागि अध्ययनको बिषय बन्न सक्छ । सेनको घरलाई संरक्षण गर्न सके एउटा जनयुद्धको इतिहास झल्कने संग्रहालय बन्न सक्थ्यो वा सेनले देखेको सपना पूरा हुन सक्थ्यो कि ?

तपाईको प्रतिक्रिया