महरा समानुपातिकमा, भन्छन्– धेरै ठाउँबाट तानातान भयो, देशकै नेता हुन समानुपातिक रोजेँ

 

 

 

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले समानुपातिक रोजेका छन्। आफ्नै चाहनाअनुसार आफू समानुपातिकतिर गएको महराले जानकारी दिए।

उनले भने, ‘मलाई धेरै ठाउँबाट सिफारिस गरे। रोल्पा, दाङ १, दाङ २ जताततै तान्न थालेपछि म देशैको नेता हुन्छु भनेर समानुपातिकमा बसें।’

आफू चारपटक प्रत्यक्ष चुनाव लडेको र एकपटक मनोनित भएको उनले बताए। उनले भने, ‘पाँचपटक लडिसकेँ। समानुपातिकमा बसेको छैन।’ आफू समानुपातिकको पहिलो नम्बरमै हुने उनले बताए।

महरा २०४८ मा रोल्पा–२, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट प्रतिस्पर्धा गरेका थिए। सबै निर्वाचनमा उनी विजयी भएका थिए भने २०६३ माघमा गठन भएको अन्तरिम व्यवस्थापिकाको पनि सदस्य थिए।

नेपाललाइभ

तपाईको प्रतिक्रिया