
देउखुरी । गढवा गाउँपालिका वडा नं. ७ का धर्म बहादुर गुरुङ एक वर्षदेखि लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको सम्राट सिमेन्टमा काम गर्दै आएका थिए । कामकै दौरानमा उनी स्थानीय निर्वाचनमा माओवादी केन्द्र परित्याग गरी राप्रपामा प्रवेश गरे । अहिले उनी पार्टी परित्याग गरेकै बाहानामा कामबाट निकालिएका छन् ।
पार्टी परित्याग गरेकै बाहानामा सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सिमेन्ट कम्पनीमा काम गर्दै आएका गुरुङलाई कामबाट निकालेका हुन् ।
माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेकै कारण आफू कम्पनीबाट निकालिनु परेको बताउदै गुरूङले बिहिबार एक विज्ञप्ती जारी गरेका छन् ।
गत स्थानिय निर्वाचनमा माओवादी परित्याग गरी राप्रपामा प्रवेश गरेको बाहानामा कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाको सक्रियतामा मलाई कामबाट हटाई एक हप्ताको ज्याला समेत दिइएको छैन । पटक पटक कामको बाहाली र ज्याला माग गर्दा समेत मेरो सुनुवाही भएको छैन । कामबाट निकाल्नुको साथै ज्याला समेत दिइएन । ज्याला माग्दा दिदैनौ भन्छन् गुरुङले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
पटक पटक कामको बाहाली र ज्याला माग गर्दा नपाएपछि अन्तत आफुले विज्ञप्ती जारी गर्नु परेको गुरुङ बताए । उनले भने ‘मजदुर ऐन र संविधान विपरित रोजगारबाट बन्चित हुनु परेको हुदा व्यवस्थापन समक्ष कामको बाहाली र ज्याला मागको सुनुवाही भएन त्यसैले मैले मानअधिकार, नागरीक समाज, सञ्चारकर्मी गुहार्नु परेको छ ।”
विज्ञप्तीमा गुरुङले भनेका छन् ‘मेरो मागको सुनुवाही गर्दै कम्पनी समक्ष यथाशीघ्र कामको बाहाली र बाकी रहेको ज्यालाका लागि सहयोगको अपेक्षा गरेको छु ।”


तपाईको प्रतिक्रिया