जगत खनाल

देउखुरी । नेकपा माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्ण बहादुर महरालाई प्रतिनिधि सभाको लागि सिफारिस गरेको छ ।
बिहिबार बसेको बैठकले प्रतिनिधि सभाको लागि महरा सहित नारायणी शर्मा प्रतीक्षा र लुम बहादुर कार्की बद्री र होम प्रसाद शर्मालाई सिफारिस गरिएको माओवादी केन्द्र राप्ती गाउँपालिका सहसचिव वसन्त नेपालीले जानकारी दिएका छन ।
यस्तै दाङ क्षेत्र नम्बर १ (क) प्रदेश सभा तर्फ इन्द्रजित थारु, लुमाकान्त न्यौपाने सागर , बिरेन्द्र चौधरी र धर्मराज अधिकारि सिफारिस भएको सहसचिव नेपालीले जानकारी दिए ।
माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष समेत रहेका महरा पुर्व सभामुख पनि हुन । अहिलेसम्म महर्रा रोल्पा, दाङ क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएका छन ।
यस्तै प्रतिनिधि सभामा सिफारिस भएकी शर्मा माओवादी केन्द्रकि केन्द्रिय सदस्य हुन । जनयुद्ध कालदेखी माओवादी आन्दोलनमा लागेकी शर्मा अहिलेसम्म अवसर नपाउने नेतृमा पर्दछिन । यस्तै प्रतिनिधि सभामा सिफारिस भएका कार्की पेसाले अधिवक्ता हुन भने माओवादी आन्दोलनमा लामो समयदेखि काम गरि रहेका छन । यस्तै प्रतिनिधि सभामा सिफारिस भएका शर्मा लामो समय मशालमा राजनीति गरेका नेता हुनभने बाबुराम माओवादी केन्द्र संग अलग भए पछि नयाँ शक्तिँ हुँदै जसपा र अहिले माओवादी केन्द्रमा प्रवेश गरि केन्द्रिय सदस्य पदमा नियुक्त भएका छन ।
प्रदेश सभामा सिफारिस भएका थारु पटक पटक अवसर पाउने नेतामा पर्दछन भने अहिले लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रीको जिम्मेवारी समेत सम्हालेका छन् । यस्तै प्रदेश सभामा सिफारिस भएका न्यौपाने लामो समय देखि माओवादी आन्दोलनमा लागेका र कुनै पनि अवसर नपाएका नेतामा पर्दछन । प्रदेश सभामा सिफारिस भएका चौधरी स्थानीय रुपमा स्थापित नेता हुन । यस्तै प्रदेश सभामा सिफारिस भएका अधिकारी एमाले छोडेर माओवादीमा आएका नेता हुन भने लामो समय पार्टीको राप्ती गाउँपालिका अध्यक्ष भएर चलाइसकेका छन । २०५४ सालमा एमालेबाट साविक लालमटिया गाबिसको उपाध्यक्ष समेत रहेका थिए ।

तपाईको प्रतिक्रिया