गढवाको प्रमुख प्रशासकीय अधिकृतमा चौधरी

 

 

आलोक भावुक, गढवा ।
गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा आशिष चौधरीलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत चौधरी गढवा गाउँपालिका कार्यालयमा हाजिर भएसंगै आज कार्यभार सम्हालेका छन् । पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशेष उपस्थितिमा चौधरीलाई स्वागत गरीएको हो ।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पछिल्लो समय समस्यामुलक बितेको भन्दै अबको दिन सफल हुने बताए । प्रमुख प्रशासकीय अधिकृत आएपछी सम्पूर्ण शाखा एकरुपता ल्याई काम गर्न सहज हुने बताए ।

गढवा गाउँपालिकाको आर्थिक, समाजिक एवं समग्र विकासका लागि प्रमुख प्रशासकीय अधिकृत र विभिन्न शाखाका प्रमुख, कर्मचारीहरु संग हातेमालो गर्दै अगाडि बढ्नेमा जोड दिए । गढवाको समग्र विकाश शुसासन कायम गर्न आवश्यक रहेकोले अधिकृत संग त्यसको अपेक्षा गरेको बताए ।

त्यसैगरी स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले आफुले जिम्मेवारी सम्हाले देखी नै गढवा गाउँपालिकाको शान्ति, समृद्धि, सुशासन र विकासलाई आत्मासाथ गर्दै अघि बढ्ने बताए । जनप्रतिनिधिहरु ले देखेको सपना पुरा गर्नका लागी बनाएको निति तथा कार्यक्रम, बजेट, नियमावली र कार्यविधि सही दिशामा हिडाउने निति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने जिम्मेवारी आफु लगायत हामी सबैको भन्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढ्ने बताए ।

कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी, गढवा गाउँपालिकाकाका योजना शाखा प्रमुख कुलराज कुमाल, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य बिरेन्द्र चौधरी लगायतले आ आफ्नो धारणा व्यक्त गरेक थिए ।

कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका प्रमुख, उपप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो । योजना शाखा प्रमुख कुलराज कुमालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख पुनाराम शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया