
भालुवाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष स्यामेस चौधरीले आफ्नो पदबाट राजिनामा दिएका छन ।
आज राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा आयोजना गरिएको विस्तारित बैठकमा अध्यक्ष पद बाट राजिनामा दिएको पार्टी सचीव तुला गिरिले जानकारी दिएका छन ।
चौधरीलाई लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा जग्गा एकीकरण आयोजना (ल्याडपुलिङ) को अध्यक्ष पदमा नियुक्त गरे पछि पार्टीको अध्यक्ष पद बाट राजिनामा दिएको सचिब गिरिले जानकारी दिए ।
लामो समयदेखि माओवादी केन्द्रमा विभिन्न पदमा रहि काम गरेका चौधरी देउखुरी क्षेत्रमा अब्बल संगठकको रुपमा चिनिन्छन । २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा पराजित भएका थिए ।
माओवादी जनयुद्धको उद्धम थलो रोल्पा पुगेर दाङ क्षेत्र नम्बर १ क बाट लुम्बिनी प्रदेश सभासदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । तर पार्टी तथा लुम्बिनी प्रदेश सरकारले उनलाई जग्गा एकीकरण आयोजनाको अध्यक्ष पदमा नियुक्त गरे संगै उनले अध्यक्ष पद बाट राजिनामा दिएका हुन ।
माओवादी केन्द्रले राप्ती गाउँपालिकामा पार्टी संचालन गर्न वरिष्ठ उपाध्यक्ष नारायण शर्मालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको पार्टी सचिब गिरिले जानकारी दिए ।

तपाईको प्रतिक्रिया