राप्तीमा बनस्पति उद्यान पार्क (बोटानिकल गार्डेन)को सम्भाव्यता अध्ययन सुरु

जगत खनाल, देउखुरी ।
राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित भिमबगैचा रहेको क्षेत्रमा बनस्पति उद्यान पार्क (बोटानिकल गार्डेन)को निमार्ण तथा व्यवस्थापनको अध्ययन सुरु भएको छ ।

 

शान्ति सामुदायिक वनको क्षेत्रमा उक्त पार्क बनाउने गरि अध्ययन सुरु भएको हो । आर्थिक वर्ष २०७९र८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत काम गर्ने गरि अध्ययन सुरु भएको डिभिजन वन लमहीका वन अधिकृत राजु क्षेत्रिले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा उक्त पार्क बनाउन चाहेका छन । बोटानिकल गार्डेन बनाउन लुम्बिनी प्रदेश सरकारले यो आर्थिक वर्षमा पच्चीस लाख बिनियोजन समेत गरेको छ ।

सोमबार वन तथा वातावरण मन्त्रालयका अधिकृत वेद प्रसाद भण्डारी, बनस्पति अनुसन्धान अधिकृत शान्ती शर्मा, डिभिजन वन कार्यालय लमहीका वन अधिकृत राजु क्षेत्री, वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चौधरी, वडा सदस्य बिष्णु पोख्रेल, रोशन चौधरी लगायतले स्थलगत अबलोकन गरेका छन ।

करिब पाँच हेक्टर भन्दा बढि क्षेत्रमा उक्त पार्क निर्माण गरिने छ । वनस्पति अध्ययन, पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने वन अधिकृत क्षेत्रीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया