
जगत खनाल । राप्ती गाउँपालिकाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसमा पालिका भित्रका उत्कृष्ट शिक्षक, बिद्यालय कर्मचारी, प्रधानाध्यापक, बिद्यालय, व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेमा उत्कृष्ट बिद्यालय अन्र्तगत सामुदायिक तर्फ आदर्श माबी लालमटिया र संस्थागत तर्फ पब्लिक एजुकेसन एकेडेमी लालमटिया रहेका छन । उत्कृष्ट प्रधानाध्यापकमा पनि आदर्श माबी लालमटिया र पब्लिक एजुकेसन एकेडेमी नै पर्न सफल भएका छन् ।

उत्कृष्ट प्रधानाध्यापकमा सामुदायिक बिद्यालय तर्फबाट किरण पोख्रेल आदर्श माबी लालमटिया र संस्थागत बिद्यालय तर्फबाट बिक्रान्त ज्ञवाली पब्लिक एजुकेसन एकेडेमी लालमटिया रहेका छन । सामुदायिक बिद्यालयमा उत्कृष्ट बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा भने मावी मौरीघाटका हुकुम बहादुर बस्नेत रहेका छन ।
यसरी सम्मानित हुनेमा बालबिकास तर्फ सुनिताकुमारी चौधरी ज्ञानोदय माबी पत्थरगढवा, बिद्यालय कर्मचारी तर्फ उमनाथ चौधरी ज्ञानोदय माबी पत्थरगढवा रहेका छन् ।
यस्तै प्राथमिक तहममा उत्कृष्ट हुने शिक्षक तथा शिक्षिका हरुमा इन्द्रदेब चौधरी ज्ञानोदय माबी पत्थरगढवा, जगत बहादुर वलि जनज्योति आ बि नयाँगाउँ , शान्ता अधिकारी माबी मौरिघाट, माधब प्रसाद सिंह नेपाल राष्ट्रिय माबी भालुबाङ, अमृतप्रसाद पौडेल हंशेस्वर प्राबी भगवानपुर, घडिराम चौधरी सरस्वती आ बि छोड्की सिसहनिया रहेका छन । यस्तै आधारभूत तहमा चिरञ्जीवी पौडेल सर्बोदय माबी सिसहनिया रहेका छन भने माध्यमिक तहमा अरुणनारायण तिवारी आदर्श मावी लालमटिया रहेका छन ।
बिषयगत उत्कृष्ट शिक्षकहरुमा प्राथमिक तहमा नेपालि बिषयमा यशोधा घिमिरे भद्राक्षिदेवी प्राथमिक बिद्यालय धापखोला , गणित बिषयमा दिलबहादुर कुमाल नेपाल राष्ट्रिय माबी भालुबाङ, सामाजिक बिषयमा विन्दु ज्ञवाली आदर्श मा वि लालमटिया, अंग्रेजी बिषयमा पार्वता भुसाल स्वर्गद्वारी प्रावी भालुबाङ, हाम्रो सेरोफेरो बिषयमा सीता पोख्रेल नवप्रतिभा आ वि पाखापनी रहेका छन् ।
यस्तै आधारभूत तहमा उत्कृष्ट हुने शिक्षकहरुमा नेपाली बिषयमा गीता चौधरी शंकर मावि पिपरी, अंग्रेजी बिषयमा जीवराज शर्मा आदर्श मावि लालमटिया, गणित बिषयमा विधानचन्द्र अधिकारी नेपाल राष्ट्रिय मावि भालुबाङ, बिज्ञान बिषयमा लोकेन्द्र बहादुर केसी नेपाल राष्ट्रिय मावि भालुबाङ र सामाजिक बिषयमा सुनिलकुमार चौधरी शंकर मावि पिपरी रहेका छन् ।
माध्यमिक तहमा उत्कृष्ट हुने शिक्षकहरुमा नेपाली बिषयमा बलराम ज्ञवाली आदर्श मावि लालमटिया, अंग्रेजी बिषयमा मोहन पौडेल नेपाल राष्ट्रिय मावि भालुबाङ, गणित बिषयमा शिवप्रसाद भुसाल मावि मौरिघाट, बिज्ञान बिषयमा विष्णुप्रसाद पोख्रेल आदर्श मावि लालमटिया, सामाजिक बिषयमा बसन्तराज घिमिरे मावि मौरिघाट , ऎच्छिक लेखा बिषयमा सरिता रिजाल आदर्श मावि लालमटिया रहेका छन् ।

तपाईको प्रतिक्रिया