५० हजार रासीको लघु उद्यमशील पुरस्कार वितरण

 

 

देउखुरी । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिसहनियाले डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार वितरण गरेको छ ।

राप्ती गाउँपालिका वडा नं. ७ निवासी उद्यमी महिला करमकासी चौधरीलाई यस बर्षको डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार प्रदान गरेको हो । ५० हजार रासीको पुरस्कार उद्यमी महिलालाई प्रदान गरिएको छ । करमकासीले व्यवसायीक रुपमा तरकारी खेती र बंगुर पालन गर्दै आएकी छन् ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले उत्कृष्ट उद्यमी महिलालाई प्रमाणपत्र र चेक हस्तान्तरण गरे । लघु वित्तिय संस्थाले विना धितो लगानी लगाउदै आएको छ । जसले गर्दा उद्यमी महिला उत्पादनको साथै समाजिक आर्थिक विकासमा टेवा पुगेको उल्लेख गरिएको छ ।

कार्यक्रममा लमही नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दामोदर पौडेलले लघु वित्तिय संस्थाकाले लगानीले गरिब र विपन्नबर्गको आर्थिक उपार्जनमा सहयोग पु¥याएको बताए।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको छ । संस्थाले १८५ वटा शाखा कार्यालयहरू, १० वटा क्षेत्रीय कार्यालय र एक वटा केन्द्रीय कार्यालय गरी १९६ वटा कार्यालय मार्फत करिव ४ लाख लघुउद्यमीहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको सिसहियना शाखा प्रमुख सञ्जय चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया