जसपा केन्द्रीय सदस्य चौधरी माओवादी केन्द्रमा प्रवेश

 

 

जगत खनाल
जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सचिब तथा जिल्ला भुमि आयोगको बिज्ञ सदस्य लक्ष्मी चौधरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।

चौधरीलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष तथा पुर्ब सभामुख कृष्ण बहादुर महराले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

शनिबार राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा आयोजित पार्टीको प्रदेश परिषद समितिको वैठकमा चौधरी पार्टी प्रवेश गरेकी हुन् ।

जनता समाजबादी पार्टीमा लामो समय काम गरेकी नेतृ चौधरीले देशको आमूल परिवर्तन गर्ने पार्टी माओवादी केन्द्र रहेकाले उक्त पार्टीको उदेश्य र कार्यक्रम आफुलाई मन परेकोले आफू प्रवेश गरेको बताएकी छन् ।

विद्यार्थी काल देखिनै राजनितीमा जोडिएकी नेतृ कैलालीको टिकापुर क्याम्पसमा थारु बिद्यार्थी समाजको अध्यक्ष हुँदै एमाले निकट अखिलको केन्द्रिय सदस्य हुँदै अशोक राई समुहबाट जसपामा जोडिएकी थिइन् ।

संक्षित कुरा गर्दै नेतृ चौधरीले नेपालमा बृहत समाजबादी केन्द्र स्थापना गर्न पनि आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताएकी छन् ।

चौधरीको नेतृत्वमा दाङ जिल्लाको पुरै टिम माओवादी केन्द्रमा समाहित हुन लागेको पनि जानकारी दिएकी छिन् ।

तपाईको प्रतिक्रिया