राजधानीमा लगानीको अवसर, बैंक तथा वित्तिय संस्था आकर्षीत

 

 

देउखुरी । लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन थालेपछी आर्थिक करोबार हुने आशाले बैंक तथा वित्तिय संस्था आकर्षीत भएका छन् । राजधानी क्षेत्रलाई आधार मानेर बैंक तथा वित्तिय संस्थाले आफ्ना कार्यालयहरु स्थापना गर्न थालेका छन् ।

शुक्रबार राप्ती गाउँपालिका–४ मौरीघाटमा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालय स्थापना भएको छ । प्रदेश सरकार र किसानको विचमा समन्वय गरेर बैंकले लगानी गर्ने कृषि विकास बैंक प्रदेश कार्यालय दाङका प्रमुख गिरीराज रेग्मीले बताए । निकट भविस्यमा बैंकले अत्याधुनिक सुविधा सहितका कारोवारहरु समेत सञ्चालन गर्ने तयारी गरेको छ ।

वितेको दुई बर्षमा राजधानी क्षेत्रमा नयाँ आधा दर्जन बैंक तथा वित्तिय संस्था थपिएका छन् । राजधानी कार्यान्वयन सँगै आर्थिक कारोबार बढ्ने आशा सहित बैंक तथा वित्तिय संस्था लगानीको तयारीमा छन् । तर, राजधानी कार्यान्वयन पूर्णरुपमा अझैं हुन सकेको छैन् । जग्गा विकास कार्यक्रम सुरु नहुदा रोक्का जग्गा फुकुवा हुन सकेको छैन् । जग्गा रोक्का हुदा बैंक तथा वित्तिय संस्थाबाट हुने लगानी पनि रोकिएको छ । तर, भविस्यमा राजधानी क्षेत्रमा प्रशस्त लगानीको अवसर रहेको देउखुरी बैंकर्षका अध्यक्ष बिजय थापाले बताए । राजधानीलाई आधार मानेर पश्चिममा सिसहनिया, विचमा मौरीघाट र पूर्वमा भालुबाङ्ग क्षेत्रलाई लक्षित गरेर बैंक तथा वित्तिय संस्था स्थापना भएका छन् ।

दुई बर्षको अवधीमा नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, सिसहनियामा कर्णाली विकास बैंक थपिएका छन् । बैंकको संख्या करिब एक दर्जन पुगिसकेको छ । अहिले सम्म बैंक अफ काठमाडौं, कुमारी, सांग्रीला, सिभिल, साईन रेसुंगा, मुक्तिनाथ, एनआईसी एसिया बैंकले कारोबार जारी राखेका छन् ।

राजधानीमा लगानीको अवसर

कृषि विकास बैंक मौरीघाट शाखाको शुक्रबार उद्घाटन गरिएको छ । २८२ औं शाखाको रूपमा मौरीघाटमा शाखा विस्तार गरेको हो ।

कृषि बिकास बैंक मौरिघाट शाखाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बैंकको उद्घाटन गर्दै राजधानी क्षेत्रमा लगानीको वातावरण बन्ने बताए । जग्गा एकिकरणको काम सकिएपछी लगानीको पूर्ण वातावरण बन्ने बताए । जग्गा एकिरणको काम ६ महिनामा सक्ने गरी काम अगाडी बढेको उनले जानकारी दिए । ‘जग्गा एकिकरणको काम सकिएपछी सरकारी र नीजि क्षेत्रको लगानीमा राजधानी शहरको निर्माणको काम अघि बढछ’उनले भने–‘अहिले जग्गा रोक्का भएको अवस्थामा जग्गा लिलामी गर्न पाईदैन । कतै त्यस्तो भएको छ भने जानकारी गराउनुस, हामी बैंकलाई सचेत बनाउछौं ।’

प्रदेश सरकारले गर्न थालेको जग्गा विकास कार्यक्रम सानो क्षेत्रमा नभई ठूलो क्षेत्रमा हुन थालेको छ । जसले गर्दा प्रदेशको महत्वपूर्ण कार्यक्रम भित्र रहेको मुख्यमन्त्री केसीले बताए । ‘यो ल्याण्डपुलिङ्ग दुई चार विगाहमा जग्गा दलाले गरेको जस्तो होइन । ठूलो सिटि भित्र रहनेगरी काम अघि बढाएका छौं । आगामी एक सय बर्षका पुस्ताहरुलाई ध्यानमा राखेर सिटी बनाउन थालेका हौं’ उनले भने–‘राजधानी व्यवस्थापन गर्ने कार्यमा यहाँका जनताको भूमिका धेरै महत्वपूर्ण हुन्छ । प्रदेश सरकारको संरचना मात्रै होइन, पुरै शहरको संरचना बनाउने काम दु्र्त गतीमा अघि बढ्छ ।’

प्रदेश कार्यालय दाङका प्रमुख गिरीराज रेग्मीको अध्यक्षता तथा मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले राजधानी क्षेत्रमा आर्थिक कारोवारको वातावरण निर्माण गर्न आग्रह गरेका छन् । छिटो जग्गा एकिकरणको काम सकेर रोक्का जग्गा फुकुवा गर्ने, राजधानी सँग जोडिएका सबै संरचना निर्माण र स्थानान्तरणको कामलाई तिब्र पार्न ध्यानकर्षण गराइएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री घिमिरे, कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, उपाध्यक्ष कमलापती चौधरी, अर्थ तथा सहकारी मन्त्रालयका सचिव प्रेम प्रसाद आचार्य, पुर्व गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

मौरीघाट शाखाका प्रबन्धक नरबदेश्वर चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन बैंकका वरिष्ठ दाङ शाखा अधिकृत राजकुमार विश्वकर्माले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया