जगत खनाल

दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले माओवादी नेतालाई जनताले जिताउने तर साम्राज्यवादि शक्तिले चुनाबमा हराउन चाहेको बताएका छन् ।
शनिवार पार्टि निकट शिक्षक संगठनको प्रदेश भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष महराले उक्त कुरा बताएका हुन् ।
अझै पनि केही तत्व चुनाब हुन नदिने पक्षमा रहेको बताउदै उपाध्यक्ष महराले त्यस्ता तत्वहरुको चाहाना कुनै पनि हालतमा साकार हुन नदिने बताएका थिए ।
पूर्व सभामुख समेत रहेका उपाध्यक्ष महरा नेता र जनता बिच सम्बन्ध टुट्दै गएका कारण पार्टी कमजोर भएको बताउदै सम्पुर्ण नेता तथा कार्यकर्तालाई जनतासँग जोडिन आग्रह गरेको थिए ।
एमसीसीको विपक्षमा रहेको कारण आफुलाई सभामुखबाट हटाउन अनेज खेल खेलेको स्मरण गर्दै उपाध्यक्ष महराले आफुले जनताको हित बाहेक कुनै पनि कुरा सोच्न नसक्ने बताए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया