राप्तीको विकासमा कृषि बिकास बैंकको महत्त्वपूर्ण भुमिकाः अध्यक्ष बिष्ट

 

 

जगत खनाल
भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकाको विकासमा कृषि विकास बैंकको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

कृषि विकास बैंकले आफ्नो २९१ औं शाखाको रुपमा राप्ती गाउँपालिका वडा नं. ४ स्थिति मौरिघाटमा संचालन गर्न लागेको शाखाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

यहाँ रहेका सम्पुर्ण किसान , व्यापारी र आम नागरिकलाई सहज र सर्वसुलभ रुपमा कर्जा प्रबाह गरि बैंकले राप्तीको बिकासमा अहम् भुमिका खेल्ने कुरामा आफ्नु ढुक्क रहेको बताउदै बिष्टले २ वर्ष देखि जग्गा रोक्का रहेको हुुदा कृषि विकास बैंकले सर्वसुलभ रुपमा कर्जा उपलब्ध गराइ जनताका समस्या समाधान गर्न सहयोग गर्ने बताए ।

स्थानीय सरकारका सवै आर्थिक कारोबार र सम्पुर्ण बिद्यालयहरुले आर्थिक कारोबार कृषि विकास बैंक बाट गरि सहयोग गर्न पनि आग्रह गरेका छन् । राप्तीमा शाखा संचालन गर्न सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा लुम्बिनी प्रदेश सरकार र कृषि विकास बैंक केन्द्रिय कार्यालयका सम्पुर्ण टिमलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

कृषि विकास बैंकले २९१ औं शाखाको रुपमा राप्तीमा शाखा स्थापना गरि सम्पुर्ण सुबिधा प्रधान गर्ने बैंकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया