वैशाख । श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक युवकलार्ई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ थरुवाही बस्ने १९ वर्षिय सुजित मण्डल रहेका छन् ।

भारतबाट व्यागमा पैसा बोकेर पैदल नेपालतर्फ आउँदै गर्दा मण्डललाई जलेश्वर स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मण्डलले बोकेको व्यागबाट चार सय थान एक हजारको नोट बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा पठाइएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया