भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाण्डौ उड्न ठिक्क परेका बुद्ध एयरको एउटा विमानको टायर पन्चर भएको छ ।

शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्ने तयारी गरेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
उडान नम्बर ८५६ को जहाजले यात्रु भरेर उडानको लागि स्पीड लिने क्रममा रन वे मै अघिल्लो पांग्रा पड्किएको हो । विमानमा ७० जना यात्रु रहेका थिए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया