सुनको मूल्य ओरालो लाग्यो

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला दुई सय ले ओरालो लागेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार सात सय रहेको थियो ।

तपाईको प्रतिक्रिया