ट्राफिक प्रहरीलाई राप्ती गाउँपालिका द्वारा ८१ हजार सात सय मूल्य बराबरको सामाग्री हस्तान्तरण

भालुवाङ । दाङको राप्ती गाउँपालिकाले अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुबाङ र सिसहनियालाई सडक दुर्घटना न्यूनीकरणमालागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

 

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको हसतान्तरण कार्यक्रममा र्र्इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख सुजन बिक्रम साह र अस्थायी ट्रफिक पोस्ट भालुबाङका प्रमुख सुजन कुमार पन्तलाई अध्यक्ष प्रकाश बिष्टले विभिन्न सामाग्री हस्तान्तरण गरेका थिए ।

पालिकाले सेफ्टी कोण १२ थान, म्याजिक लाइट २ थानक, सेफ्टीे ज्याकेट ५ थान, ब्रेथलाइजर मेसिन १ थान र चेकिङ बोर्ड ४ थानका दरले भालुवाङ र सिसहँनिया ट्राफिक प्रहरीलाई ८१ हजार सात सय बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले राप्ती गाउँपालिका भित्र हुने गरेका विभिन्न सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने उदेश्य राखी पालिकाले सामाग्री हस्तान्तरण गरेको बताए ।

सामाग्री ग्रहण गर्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक साहले सम्भावित दुर्घटना न्यूनीकरण गर्न पालिकाले गरेको प्रयास सह्रानीय रहेको वताउदै खुसी व्यक्त गरेका थिए । उनले भने ‘मापसे गरेर सवारी साधान चलाउने चालकहरूलाई सचेत गराउनुको साथै सम्भावित दुर्घटना न्युनीकरण गर्न सामाग्रीले सहयोग पुग्ने छ ।”

कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, पुर्ब वडा अध्यक्ष जगतबहादुर थापा, राप्ती उद्योग बाणिज्य संघ भालुबाङका सचिब भरतमणी न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण शिक्षा अधिकृत बासुदेब खनालले गरेका थिए ।

तपाईको प्रतिक्रिया