निर्वाचन आचारसंहितामा एमालेको सुझावः मौन अवधि २४ घण्टामा झारौं

 

 

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा नेकपा एमालेले ३७ वटा विषयमा संशोधन तथा ‘थपघट’ गर्नुपर्ने सुझाव दिएको छ।

एमालेका महासचिव शंकर पोखरेलले आचारसंहिताको मस्यौदामा उल्लेख गरिएका केही विषयलाई हटाउन तथा केहीमा संशोधन गर्नुपर्ने भन्दै ३७ बुँदामा सुझाव उल्लेख गरेर निर्वाचन आयोगलाई पत्र लेखेका छन्।

पोखरेलले लेखेको पत्रमा निर्वाचन आचारसंहिताको मस्यौदाको दफा २ को खण्ड (प)मा रहेको मौन अवधिलाई २४ घण्टामा झार्नुपर्ने सुझाव दिइएको छ।

यस्तै, निर्वाचन आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने पनि एमालेले सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया