सुनको मूल्य ९८ हजार

१५ बैसाख, काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

चाँदीको भाउमा पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोवार भएको छ ।

तपाईको प्रतिक्रिया