१५ बैसाख, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । बुधवार गाउँपालिकाले कृषक तेजेन्द्रकुमार श्रेष्ठलाई उत्कृष्ट कृषकको रुपमा नगद रु ५० हजारसहित सम्मान गरेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष ०७८÷०७९ को कार्यक्रम अनुसार उत्कृष्ट कृषकको रुपमा श्रेष्ठलाई सम्मान गरेको हो ।
गाउँपालिकाले श्रेष्ठलाई कृषि पशुपंन्छी व्यवसायबाट उत्कृष्ट एवं प्रशंसनीय कार्य गर्दै पुराउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरेको हो । सम्मानित कृषक श्रेष्ठले पछिल्लो केहि वर्ष यता कृषि पशुपंन्छी व्यवसाय गर्दै आएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया