तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियाे

दाङ, १३ वैशाख । विद्युतको महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटेको छ ।

 

उपमहानगरले ४ महिना यताको विद्युत महशुल नबुझाएको विद्युत प्राधिकरण केन्द्र तुलसीपुरले जनाएको छ ।

उपमहानगरपालिकाका कार्यालयको मात्रै करिब डेढ लाख महशुल बुझाउन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले सडक बत्तीको पनि महशुल बुझाएको छैन । उपमहानगरले सडक बत्तीको जरिवानासहित करिब ९८ लाख महशुल बुझाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया