
जगत खनाल
आज अगस्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस । सोही अवसरमा दाङको राप्ती गाउँपालिकाले वृक्षारोपण गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ ।
अन्तरपुस्ताको एक्यवद्धताः सबै उमेर समूह मैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने मुल नाराका साथ वृक्षारोपण गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो । राप्ती गाउँपालिकाले वडा नम्बर ५ को सिसहनिया बजारदेखि उत्तरतर्फ रहेको दोलाई खोलाको किनारमा वृक्षरोपण गरेको हो ।

खोलाको किनारमा छतिउन, बोकेना, अमला र जामुनाको करिव चार सय बिरुवा रोपण गरिएको थियो राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।
पालिका अध्यक्ष विष्टको नेतृत्वमा भएको उक्त वृक्षारोपण कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरी , ४ नं. वडाध्यक्ष विरबहादुर चौधरी, ५ नं. वडाध्यक्षङ देप प्रसाद चौधरी, ८ नं. वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिक , पशु सेवा शाखाका दामोदर आचार्य, विभिन्न विद्यालयका शिक्षकहरु, सामुदायिक बनका अध्यक्षहरु , सुरक्षाकर्मी र विभिन्न क्षेत्रका युवा हरुको उपस्तिथि रहेको थियो ।

अध्यक्ष विष्टले बिरुवा रोपेर मात्र नभई त्यसको संरक्षण आवश्यक रहेको कुरामा जोड दिए । उनले भने बोट बिरुवा भए मात्र मानव जीवन बाँच्न सक्ने भएकाले वृक्षारोपणसँगै बोट बिरूवाको संरक्षणमा लाग्न सवै युवा वर्गमा आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया