देउखुरी । प्रस्तावित भालुबाङ्ग अस्पतालबाट सल्यक्रिया मार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ ।

राप्ती गाउँपालिका र निक साइमन इन्सिच्यूटकाे विचमा चार बर्षे सम्झौता भएको हाे । सम्झाैता छिट्टै कार्यान्वयनमा आउने र कार्यान्वयन भएमा जटिल प्रकारकाे प्रसुति सेवा सञ्चालन हुने छ । सामान्य मात्रै प्रसुति सेवा प्रदान गरिदै आएकाेमा अब जटिल अवस्थाकाे सल्यक्रिया मार्फत प्रसुति सेवा समेत सञ्चालन हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनुभयाे ।
सल्यक्रिया गरेर प्रसुति गराउनुपर्ने अवस्था भएका आमाहरुलाइ घाेराही अथवा बुटवल रेफर गर्नुपर्ने बाध्यता थियाे । सल्यक्रियाका लागि एमडी जनरल फिजिसियन सहितकाे स्वास्थ्यकर्मी र उपकरण निक साइमनले उपलब्ध गराएकाे छ ।
लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाले सेवा सञ्चालनकाे लागि व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ । सम्झाैता पत्रमा राप्ती गाउँपालिकाकाे तर्फबाट अध्यक्ष प्रकाश बिष्ट, लालमटिया स्वास्थ्य चाैकी ब्यबस्थापन समितिका अध्यक्ष गेमे खड्का ,स्वास्थ्य चाैकि इन्चार्ज कृष्णप्रसाद श्रेष्ठ तथा निक साइमन इन्सिच्यूटका तर्फबाट बाट कार्यकारी निर्देशक डा. अनिल बहादुर श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।लालमटिया स्वास्थ्यचाैकीमा एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारू, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनाेद कुमार गिरी, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी, निक साइमन इन्सिच्यूटका बरिष्ठ कार्यक्रम प्रबन्धक डा. कासिम साह, विभिन्न वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू,निवर्तमान गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, निवर्तमान वडा अध्यक्ष तारा बहादुर डि.सि, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खडका , स्वास्थ्य शाखा प्रमुख नारायण रावत लगायतकाे सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया