तुलसीपुर । दाङमा ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेकाे आरोपमा एक जना युवा पक्राउ परेका छन् ।

मंगलबार दिउँसो शान्तिनगर गाउँपालिका-५ निवासी ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-५ निवासी २८ वर्षिय चमन विक रहेका छन् । प्रहरीले विकलाई तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसीरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको जनाएकाे छ।
बिकले बालिकालाई उनको घरदेखि एक सय मिटर पर मकैबारीमा लगेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ । बालिकाको अवस्था भने सामान्य रहेको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया