१९ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार २ अभियुक्त पक्राउ

दाङ, ११ बैसाख । दाङको देउखुरीबाट कर्तव्य ज्यान मुद्दाका फरार २ अभियुक्तहरूलाई प्रहरीले १९ वर्ष पछि पक्राउ गर्न सफल भएको छ।

 

इलाका प्रहरी कार्यालय भालुवाङमा प्रहरी निरिक्षक सुजनविक्रम शाहकाे कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्पुर स्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्था राप्ती गाउँपालिका ३ बसन्तपुर बस्ने वर्ष ६९ का शुकदेव प्रसाद चाैधरी र वर्ष ७१ का सहदेव प्रसाद चाैधरीलाई पक्राउ गरेको हाे ।

प्रहरी निरिक्षक शाहका अनुसार २०५९ माघ ७ गते बेलुका जाहेरवालाको बुवा महाबीर चौधरीलाई कर्तव्य गरि मारेर अभियुक्त फरार भएका थिए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया