दाङ – दाङमा सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिक पुरिएर मृत्यु भएको छ।

लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्टमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन्। उनको लमही अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।
घटना बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ। उद्योगको पावर प्लान्टका काम हुदै थियो । त्यहाँ ठूलो खाडल खनिएको थियो । काम गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई जना पुरिएका थिए।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया