काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा नेपालले स्कटल्यान्डमाथि ५ विकेटको सहज जित हात पारेको छ। स्कटल्यान्डमा भइरहेको नामिबियासमेत सम्मिलित त्रिकोणत्मक ओडीआई श्रृंखलामा नेपालले पहिलो जित हासिल गरेको हो।

नेपालले १४५ रनको सामान्य लक्ष्य २५.१ ओभरमा पूरा गरेको छ। नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ७१ रन बनाए। उनले ६२ बल खेल्दै १० चौका र एक छक्का प्रहार गरे।
कुशल भुर्तेल र आसिफले पहिलो विकेटका लागि ७.२ ओभरमा ४७ रनको साझेदारी गरेका थिए। कुशल २७ रन बनाएर पेभेलियन फर्किए।
जितपछि नेपाल १८ खेलबाट १७ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। यसअघि, सोमबारको खेलमा नेपाललाई पराजित गरेको नामिबिया पाँचौँ स्थानमा उक्लिएको थियो। नामिबियाको १६ खेलबाट १६ नै अंक छ।
स्कटल्यान्ड भने २२ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ। नेपालले अब अर्को खेल आगामी शनिबार नामिबियासँग र श्रृंखलाको अन्तिम खेल आइतबार स्कटल्यान्डसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया