दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघले सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई ११ बुँदे ज्ञापन—पत्र बुझाएको छ ।

शिक्षक संघका राप्ती गाउँपालिका कमिटी अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा गएको शिक्षक संघको टोलीले अध्यक्ष बिष्टलाई ज्ञापन—पत्र बुझाएको हो ।
पछिल्लो समयमा राप्ती गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा ब्यापक बिकृति फैलिएको भन्दै शैक्षिक क्षेत्र सुधारको माग गर्दै उक्त ११ बुँदे ज्ञापन—पत्र बुझाएको हो ।
शिक्षकले संघले ज्ञापन—पत्र मार्फत मौजुदा शिक्षा ऐन र नियमावली बमोजिम बिद्यालयको प्रधानाध्यापक नियूक्ति स्वच्छ प्रतिस्पर्धाबाट गराई सुशासनको पहिलो प्रत्याभूती दिलाउनु पर्ने, संस्थागत र सामुदायिक बिद्यालयमा सेवारत सम्पूणर् शिक्षक कर्मचारीहरुलाई राज्यद्धारा निर्धारण गरेको सेवासुबिधा अनिबार्य उपलब्ध गराउने ब्यवस्था गर्नुपर्ने र बालविकास कोटामा सेवारत शिक्षकाहरुलाई न्यून पारीश्रमिकमा श्रम शोषण राज्यद्धारा नै गरेकाले त्यसलाई स्थानियतहबाट प्राबि शिक्षक स्केल सरह ब्यवस्था गरी सामाजिक न्यायको प्रत्याभूती दिलाउनु पर्ने लगायतक ११ बुँदे माग गरेको छ ।
ज्ञापन—पत्र बुझ्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले शिक्षक संघले उठाएका मागहरु एकदमै जायज भएको भन्दै साउन देखि उठाएका मागहरु क्रमश कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता समेत जनाएका छन् । अध्यक्ष बिष्टले शैक्षिक क्षेत्र सुधारका लागि शिक्षकहरु राजनिति नगरी बिशुद्ध शिक्षक भएर सेवा दिनुपर्ने बताउदै शिक्षक संगठनहरु भंङ्ग गरी शुद्ध शैक्षिक सुधार अभियानमा लाग्नुपर्ने सुझाब समेत दिए ।
कार्यक्रमको सहर्जीकरण संघका माधव बेल्बासेले गरेका थिए ।

तपाईको प्रतिक्रिया