
लमही । गुरुकुल एकेडेमी लमहीको पहिलो वार्षिकोत्सव एक भव्य समारोहको बिच सम्पन्न भएको छ। इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा लमही नगरपालिकाका मेयर जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्ययक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथिका मेयर जोगराज चौधरीले वार्षिकोत्सवको उद्घाटन गर्दै लमही क्षेत्रको शिक्षा क्षेत्रमा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीलाई शिक्षाका स्तरमा अझ उच्च बनाउने उद्देश्य राखी आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा विद्यालयका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले गुरुकुल एकेडेमीको शैक्षिक उपलब्धिहरूको बारेमा जानकारी दिँदै, आगामी दिनमा विद्यालयलाई अझै प्रगति र विकासको दिशामा लैजानका लागि विविध योजनाहरू तयार गरिएको बताउनुभएको थियो। उँहाले विद्यालयका शिक्षक र कर्मचारीहरूको समर्पण र मेहनतलाई सराहना गर्दै, विद्यार्थीहरूको उज्जवल भविष्यको लागि सम्पूर्ण समुदायसँग सहकार्य गर्ने महत्त्वपूर्ण कुरा बताएका थियो।
यस वार्षिकोत्सवमा छात्र छात्राहरूका बीच विभिन्न शैक्षिक प्रतियोगिताहरू र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो। संगीत, नृत्य, कविता वाचन र नाटकका प्रस्तुतिहरूले समारोहलाई विशेष बनाएको थियो।
कार्यक्रममा विद्यालयको शैक्षिक लक्ष्य र भविष्यका योजनाहरू प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक सुरज खनालले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले लमही क्षेत्रमा शिक्षा क्षेत्रको सुधार र प्रगति गर्नको लागि गुरुकुल एकेडेमीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। यस वार्षिकोत्सवले गुरुकुल एकेडेमीलाई शैक्षिक दृष्टिकोणमा प्रगति गर्ने र क्षेत्रीय स्तरमा महत्वपूर्ण संस्थाको रूपमा स्थापित गर्न मद्दत पुर्याउने पनि बताइएको छ। लमहि नगरपालिकामा शिक्षा क्षेत्रको विकासका लागि यस प्रकारका कार्यक्रमहरूका आयोजना महत्त्वपूर्ण छन्। यसले समुदायलाई शिक्षामा सक्रिय र समर्पित बनाउँछ र विद्यार्थीहरूको भविष्य उज्जवल बनाउन मद्दत पुर्याउँछ।
उक्त कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रानाध्यापक डा. कृष्णराज डिसि, सेयर सदस्य कमल जंग ठकुरी, सितल भुषाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया