बासुदेव न्यौपाने, देउखुरी । राष्ट्रिय खोप कार्यक्रम अन्तरर्गत लुम्बिनी प्रदेशमा २ लाख ६२ हजार ५ सय २१ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाइने भएको छ ।

लुुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयकोे आयोजनामा मंगलबार भएको प्रदेश स्तरिय एच.पि.भी. खोप अभियान सम्बन्धि अभिमुखीकरण तथा अन्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले माघ २२ गतेदेखि २९ गतेसम्म विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीहरुलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर गराउने एचपिभि विरुद्धको खोप लगाइने बताए ।
पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा रहेको छ । विश्वमा हरेक वर्ष ५ लाख ७० हजारमा महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान रहेको छ भने रहेक वर्ष यसबाट ३ लाख ११ हजार महिलाको मृतु हुने चौधरीले बताए । त्यसैगरी नेपालमा हरेक वर्ष २ हजार एक सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । जसबाट १ हजार ३ सय १३ जना महिलाको मृत्यु हुने गरेको पाइएको छ । चौधरीका अनुसार औसतमा प्रत्येक दिन ४ जना मसहलाको पाठेघरको क्यान्सरबाट मुत्यृ हुने गरेको छ ।

एच.पि.भी. खोपले एच.पि.भी. संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सर हुन बाट बचाउने प्रदेश खोप समन्वय समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. बासुदेव उपाध्यायले बताए । फागुन महिनामा भिआरआई मार्फत पाठेघरको स्किनीङ समेत गरिने सचिव डा. उपाध्यायले बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेशको स्वास्थ्य सुधारका सोच अहिले आएर साकार भएको बताए । ‘महिला स्वास्थ्य पछाडी परेको अवस्थामा खोपले महिलालाई स्वस्थ बनाउने छ’, मन्त्री सारुले भने ‘स्वस्थ आमा हुनु भनेको परिवारका सदस्य नै स्वस्थ हुनु हो ।’
प्रदेश खोप खोप समन्वय समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. बासुदेव उपाध्यायको अध्यक्षता तथा स्वास्थ्य मन्त्री खेम बहादुर सारुको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्ला वर्षहरूमा क्यान्सरका बिरामीको संख्या बढ्दै गइरहेको उल्लेख गर्दै यो खोपले रोग न्यूनीकरणमा महत्तपूर्ण योगदान दिने विश्वास व्यक्त व्यक्त गरे । उनले लक्षित उमेर समूहका सम्पूर्ण किशोरीहरूलाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह समेत गरेका थिए ।
उक्त कार्यक्रमको सहनीकरण खोप फोकल पर्सन गोकर्ण गिरीले गरेक थिए ।
एच.पि.भी. खोप लगाउन नहुने अवस्था
- कक्षा ६ भन्दा मुनि र १० भन्दा माथिका छात्राहरु
- विद्यालय नजाने १० वर्ष मुनि र १४ वर्ष उमेर समुहभन्दा माथिका किशोरीहरु
- गर्भवती महिला
- पहिला कुनै खोप लगाउँदा गम्भिर एलर्जी प्रतिक्रिया भएका व्यक्ति
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु
- यौन सम्पर्क पछि रगत आउने
- तल्लो पेट ददुख्ने, योनीबाट गगँहाउने पानी बग्ने
- यौनीबाट अनियमित रुपमा रगत बग्ने
- रक्तअल्पता हुने, कमजोर महसुर हुने

तपाईको प्रतिक्रिया