काठमाडौं । मंगलबार बिहान रामेछापको सुनापति गाउँपालिका–५, लुभुघाटमा बस दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङका अनुसार नौ जनाको मृत्यु भएको छ भने घाइते २२ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
गम्भीर घाइतेहरुलाई उपचारका लागि काठमाडौं पुर्याउन हेलिकोप्टर समेत मगाइएको डीएसपी थिङले बताए।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया