चट्याङ्ग लागेर प्युठानमा दुई बालकको ज्यान गयो, नौ जना घाइते

प्युठान । प्युठानको ऐरावती गाउँपालिका ६ बिजुलीकोटमा चट्याङ्ग लागेर दुई बालकको ज्यान गएको छ ।

 

चट्याङ्ग लागेर घाइते भएका बिजुलीकोटका ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । दुबैजनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

यसैगरी चट्याङ्ग लागेर प्युठानकै ऐरावती गाउँपालिका–६ का पाँच जना र वडा नम्बर–१ दाङवाङ्गका चार जना गरी नौ जना घाइते समेत भएका छन् ।

घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया