देउखुरी । सिसहनियाँ उद्योग वाणिज्य संघ सिसहनियाँले महोत्सव लगाउने भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालको पुर्व क्षेत्रमा महोत्सव सञ्चालन हुन लागेको जनाएको छ ।

यहि पुस २५ गते देखि माघ ७ गतेसम्म सिसहनियाँमा दोस्रो औधोगिक तथा कृषि, व्यापार महोत्सव सञ्चालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् । अध्यक्ष बुढाथोकीले भने ‘सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुष २५ गतेदेखि माघ ७ गतेसम्म सिसहनियाँमा महोत्सव सञ्चालन हुने छ ।’
करीब दुई लाख दर्शकले महोत्सवको अवलोकन सहित २ करोड बराबरको कारोवार हुने अनुमान रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । महोत्सबको स्थानीय उत्पादीत वस्तुहरुको प्रोत्साहन गर्ने, यस क्षेत्रका धार्मिक तथा पर्यटन क्षेत्रको विकास गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।
महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजको दावी रहेको छ । संघका बरिष्ठ उपाध्याक्ष इश्वरी प्रसाद अधिकारीले राजधानी क्षेत्र भित्र रहेका पर्यटकिय क्षेत्रलाई अगाडी बढाउन महोत्सवको मुख्य भुमिका रहेन बताए ।
महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ । साथै चर्के पिङ, बोटिङ, बाल उद्यान लगायतका मनोरञ्जन रहनेछन् ।
महोत्सव अवधीभर ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती समेत रहने अधिकारीले जानकारी दिए । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति एक सय रुपैयाँ, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् । महोत्सवको उद्घाटनका दिन निकालिने साँस्कृतिक झाँकीमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने झाँकीहरुलाई क्रमस १५ हजार, १० हजार, ५ पुरस्कार र ३ हजार प्रदान गरीनुको साथै झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप २–२ हजार नगद प्रदान गरीने छ ।
संघका अध्यक्ष बुढाथोकीको संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघले जनाएको छ । पत्रकार सम्मेलनको सहजीकरण संघका बरिष्ठ उपाध्यक्ष इश्वरी प्रसाद अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया