दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले बनाएको ४ पांग्रे गाडीको सफल परीक्षण गरीएको छ । उक्त गाडीको घोराहीदेखि तुलसीपुरको करीव २३ किलोमिटर सडकमा चलाएर सफल परीक्षण गरीएको हो ।
परीक्षण पश्चात गुरुकुल एकेडेमी तुलसीपुरमा लगेर विद्यार्थीहरुलाई उक्त ४ पांग्रे गाडीको बारेमा जानकारी समेत गराइएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । विद्यार्थिहरुले गाडी कसरी, कति लागतमा, कति दिनमा बनेको भन्ने बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको उत्तर दिदै उक्त गाडी निर्माण समुहका प्रमुख तथा गुरुकुल एकेडेमी घोराहीका ईसिए संयोजक विशालमा श्रेष्ठले १३ दिनमा निर्माण सम्पन्न भएको र करीव ५० हजारको लागतमा बनेको बताउनुभयो । साथै १ सय ५० हर्स पावरको सिबिजेट मोटरसाइकलको इन्जिन प्रयोग गरीएको र त्यसमा आवश्यक पर्ने सम्पुर्ण विद्युतिय बस्तु पनि जडान गरीएको बताउनुभयो ।
४ जनाको सिट क्षमता भएको उक्त ४ पांग्रे सवारी साधनमा चालक र अन्य १ जना गरी २ जनाको मात्र सिट जडान गरीएको छ । गुरुकुल एकेडेमीले व्यवहारीक मात्र नभई सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्धेश्यले बिभिन्न प्रयोगात्मक कार्यमा विद्यार्थीहरुलाई सहभागी गराउने गर्दछ । विद्यार्थीहरुले सो गाडी सहित हवाईजहाज, विद्युतिय सामाग्रि लगायतका अन्य नँया सामानहरुको आबिष्कार समेत गरेको थिए । गुरुकुलका विद्यार्थीहरुले बनाएको हवाइजहाज गत बर्ष टरीगाँउ विमानस्थल तुलसीपुरमा सफल उडान गरीएको थियो भने आज सफल परीक्षण गरीएको गाडी नेपालका बैज्ञानिक डा. महाबिर पुनले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया