देउखुरी । दाङ राप्ती गाउँपालिका २ लालमटियामा अवस्थित गोर्खा आइडियल स्कुलमा २ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । स्माईल डेन्टल क्लिनिक भालुबाङको प्राबिधिक सहयोगमा २ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको स्कुलका प्रधानाध्यापक बसन्त पुन जानकारी दिए ।
निःशुल्क दन्त शिविरमा स्माईल डेन्टल क्लिनिकमा कार्यरत डा. रक्षा कार्की, असिस्टेन्ट साधना चौधरी र सन्चालक कृष्ण श्रेष्ठको समुहले विद्यार्थीहरुको दन्त चेक जाँच गरेका थिए । विद्यार्थीहरुमा मुख स्वास्थ्य सम्बन्धी जनचेतन जगाउने उद्धेश्यका साथ संचालित उक्त शिविरमा विद्यालयमा अध्ययनरत ७ सय ५० विद्यार्थीहरुको निःशुल्क दन्त जाँच गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।
शिविरमा दन्त परिक्षणका साथसाथै डा. कार्कीले विद्यार्थीहरुलाई दाँत, मुख, गिजा तथा मुख स्वास्थ्य सम्बन्धी जनचेतना समेत प्रदान गरेकी थिएन् ।
दन्त शिविरमा प्राविधिक रुपमा सहयोग गरेमा स्माईल डेन्टल क्लिनिकलाई विशेष धन्यवाद दिदै प्रधानाध्यापक पुनले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रम संचालन गर्ने बताए ।
विहिबार पब्लिक एजेकेशन एकेडमी लालमटियामा पनि निःशल्क दन्त शिविर संचालन गर्ने संचालक श्रेष्ठले जानकारी दिए । स्माईल डेन्टल क्लिनिकले विगत १८ वर्षदेखि भालुवाङबाट दन्त सेवा दिदै आएको छ ।
तपाईको प्रतिक्रिया