
देउखुरी । आन्तरिका राजश्व कार्यालय तुलसिपुरको आयोजनामा करदाता शिक्षा तथा अन्तक्रिया कार्यक्रम आईतबार राप्ती उद्योग बाणिज्य संघ भालुवाङमा सम्पन्न भएको छ ।
राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आन्तरिका राजश्व कार्यालय तुलसिपुरले कर शिक्षा तथा अन्तक्रिय कार्यक्रमको आयोजना गरेको हो । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मुल नाराका १३ औं राष्ट्रिय कर दिवस २०८१ मंसिर १ गतेदेखि ७ गतेसम्म जारी रहेको छ ।
आन्तरिका राजश्व कार्यालय तुलसिपुरका प्रमुख कर अधिकृत श्रीधर टन्डनको अध्यक्षता तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्काको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले व्यवसाय बन्द गरेर बसेका व्यवसायीहरुको व्यवसाय बन्द गर्न आन्तरिका राजश्व कार्यालयले विशष भुमिका निर्भाह गर्दै उनीहरुको व्यवसाय बन्द करमा छुट प्रदान गर्न अनुरोध गरे ।
करदाता शिक्षा सम्बन्धी प्रस्तुतिकरण आन्तरिका राजश्व कार्यालय तुलसिपुरका कर अधिकृत हिरानन्द देवकोटाले गरेका थिए भने व्यवासायीहरुको जिज्ञासा कर अधिकृत प्रेम बहादुर सुनार, हिरानन्द देवकोटा र सिए कैलाश खत्री मेटाएका थिए । कार्यक्रममा राप्ती गाँउपालिकाका उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।
राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बसन्त गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव बासुदेव न्यौपानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया