र्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आज दिउँसो उनको निधन भएको हो।

उनको सोमबार अन्त्यष्टि गरिने भएको छ। कान्छो छोरा निमेष लण्डनमा रहेको र उनी आएपछि सोमबार अन्त्येष्टि गरिने नेपाली कांग्रेसका नेता लोकेश ढकालले बताए।
स्व ढुंगानाका दुई छोरा र एक छोरी छन्। जेठा छोरा निशेष र छोरी नीता काठमाडौंमै छन्। उनको शवलाई सोमबारसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने नेता ढकालले बताए।
‘फ्रन्टलाइन अस्पतालमा शव राख्ने ठाउँ रहेनछ’, उनले भने, ‘त्यसपछि शिक्षण अस्पताल लैजाने कुरा भयो।’
लेखकको बारेमा

तपाईको प्रतिक्रिया