
देउखुरी । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका ५ स्थित लमही–गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राप्ती गाउँपालिका–५ कमलरोड निवासी २२ वर्षीय प्रेम राना मगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिए ।
घाइते मगरलाई लमही अस्पतालमा उपचारको लागि लगिएको र चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया