देउखुरी । लमही नगरपालिका ७ स्थित रहेको सम्राट सिमेन्ट कम्पनीमा डिजेल भण्डारणमा आगलागी भएको छ ।
आइतबार बिहान सवा सात बजेको समयमा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।
आगलागीबाट तेल भण्डारणमा क्षती पुगेको छ भने आगोलाई लमही नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार २४ हजार लिटर फर्निस आयल नष्ट भएको छ भने दुई वटा ट्यांकीमा पनि क्षति पुगेको छ ।
तेलको ट्यांकीमार्फत सिधै जेनेरेटरमा जडान गरिएकाले प्राविधिक त्रुटिका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
तपाईको प्रतिक्रिया