दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न प्रदेश सकार निर्मम भएर अघि बढ्न खाेजेकाे बताउनु भएको छ । पूर्व बिशिस्ट व्यक्तिकाे सुविधा खारेजी देखि मुख्यमन्त्री तथा मन्त्रीहरुलाइ आचारसंहिता लागू गरेर जनतामा बढ्दै गएकाे निरासालाई आशामा बदल्नेगरी निर्मम निर्णयहरु गरेर अघि बढेकाे स्पष्ट पार्नु भएको छ ।
सुपा देउराली मन्दिर निर्माण तथा व्यवस्थापन समिति लमही नगरपालिका-५ र रेडियो हाइवे लमहीले संयुक्तरूपमा आयाेजना गरेकाे स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न आफू कठाेर भएर अघि बढेकाे बताउनु भयाे ।`साच्चै गाडी चढ्ने मन भएकाे भए त्याे निर्णय किन हटाउथे । पद बाट हटेकाे भए पनि गाडी पाउथे । चालक पाउथे । डेढ सय लिटर तेल पाउथे । तर, मैले निर्णय उल्टाए´उहाँले भन्नुभयाे-`पूर्व बिशिस्ट व्यक्तिले पाउने सेवा सुविधाकाे निर्णय उल्टाए । त्यसपछि सबैले गाडी फिर्ता गरे । सरकारले सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गरेकाे छ ।´ आफू नेतृत्व सरकारले नराम्रो काम नगर्ने भनाइ उहाँकाे छ ।
तपाईहरुकाे शिर निहुँरिन दिने छैन । छाति चाैडा हुनेगरी, सन्देश दिनेगरी काम गर्नेछु । सके राम्रो गर्ने छु, नसके काम बिगार्ने छैन´उहाँले भन्नुभयाे-
म मृत्युलाई जितेर बाँचेकाे हुँ । सेवाकाे निम्ति सधैं समर्पित छु । मनमा खाेट भएन भने त्याे मान्छेले काम गरेर देखाउन सक्छ ।´ उपभोक्ता समितिकाे नाममा हुने बेथिति राेक्न याेजना कार्यान्वयनलाइ प्रतिसपर्धात्मक बनाउन सफल भएको बताउनु भयाे ।`निर्णय गरेकाे केही समय सम्म दबाबहरु आए तर, हामी निर्णयमा अडिग थियौं´उहाँले भन्नुभयाे-`अहिले ठेक्काकाे काम अघि बढिसकेको छ ।´
कार्यक्रममा लमही नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर केसीले प्रदेश सरकारले अघि बढाएको सुशासन र भष्ट्राचार नियन्त्रण गर्ने कामबाट नागरिकमा आशा जगाउन सफल भएको बताउनु भयाे । देउखुरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा रेडियो हाइवे सञ्चालक समितिका अध्यक्ष लिलाराम खनालले लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएका कामले नागरिकमा बेग्लै अनुभुती दिन थालेकाे बताउनु भयाे ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समिति र रेडियो हाइवेकाे तर्फबाट मुख्यमन्त्री आचार्यलाई सम्मान पत्र प्रदान गरिएको थियाे । लमहीमा सुपा देउराली मन्दिर बन्दै अर्घाखाँचीबाट बसाइँसराइ गरेर दाङ देउखुरी झरेकाहरुकाे प्रयासमा लमहीमा ढुंगाबाट मात्रै बनेकाे सुपा देउरालीकाे मन्दिर स्थापना गर्न थालिएको छ ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समुहले सञ्चालन गरेकाे पार्क भित्र मन्दिर स्थापना गर्न थालिएको समितिका अध्यक्ष डिल्लीराज खनालले जानकारी दिनुभयाे । सिमेन्ट र सरिया बिना ढुंगा कुदेर मन्दिर बनाउन थालिएको हाे । याे मन्दिरले पर्यटन प्रबर्द्धनमा याेगदान पुर्याउने विश्वास गरिएको छ । मन्दिर बनाउन प्रदेश सरकारले साथ दिने, याे बर्ष बजेट उपलब्ध गराउन नसक्ने, अर्काे बर्ष अनुभुति हुनेगरी बजेट बिनियाेजन गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयाे । ताराप्रसाद खनालकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण नारायणप्रसाद भुसालले गर्नु भएको थियाे ।
तपाईको प्रतिक्रिया