अन्ततः राप्ती गाउँपालिकाको बजेट मध्यरातमा घोषणा

दाङ । अन्ततः राप्ती गाउँपालिकाको बजेट मध्यराती घोषणा भएको छ ।

 

एमालेबाट निर्वाचित उपाध्यक्ष कमलापति चौधरी सहित ४ जना वडा अध्यक्ष र सदस्यहरूले गाउँसभा बहिष्कार गरेपछि बजेट प्रस्तुत हुन सकेको थिएन । गाउँपालिकामा विषयगत समितिको बैठक बस्न नपाउँदै आफू खुसी कार्यपालिका बैठक राखेको र बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चौधरीले बजेट प्रस्तुत गर्न अस्वीकार गर्दै बैठकबाट बाहिरिएकी थिइन् ।

अन्तत मध्ये राती बहुमत गाउँसभा सदस्यहरूको उपस्थितिमा आर्थिक वर्ष २०७९/०८० को बजेट घोषणा गरिएको छ ।

उपाध्यक्ष वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र सभामा पेश गर्नु प्रावधान रहेको छ । जस अनुसार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको आदेशमा ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चौधरीले उक्त बजेट गाउँसभामा पेस गरेका हुन् ।

चौधरीले असार १० गते राती ११ बजेर ५५ मिनेटमा गाउँपालिकाको बजेट घोषण गरेका थिए । आगामी आर्थिक २०७९/०८० का लागि ६१ करोड करोड ५४ लाख ८४ हजार बराबरको बजेट ल्याएको भए पनि सभामा प्रस्तुत भने गरिएको छैन् ।

वडा अध्यक्षहरूले वडामा बजेट सिलिङ कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले असन्तुष्टि जनाउँदै कार्यपालिका बैठकको उपस्थितिमा हस्ताक्षर समेत नगरि बाहिरिएका थिए ।

शिक्षा, स्वास्थ्य र कृषिमा बढी बजेट विनियोजन गर्नु परेकोले वडा तहमा केही बजेट कटौती गर्नु परेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताएपनि वडा अध्यक्षहरुले असन्तुष्टि जनाउँदै बाहिरिएका हुन् ।

बैठकमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ लगायतले हस्ताक्षर नगरी सभाबाट बाहिरिएका थिए ।

 

 

तपाईको प्रतिक्रिया