भ्रष्टाचार मुद्दा लागेका लुम्बिनीका सांसद यादवले सफाइ पाएपछि निलम्बन फुकुवा

देउखुरी । लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ।

 

प्रदेशसभाको चौँथो अधिवेसनको ११ औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको शीर्षकमा विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागे सम्मको लागि निलम्बन गरेको थियो ।

सो मुद्दामा यादवले सफाइ पाएपछि प्रदेशसभाले निलम्बन फुकुवा गरेको हो । विशेष अदालतले जेठ ९ गते यादवलाई सफाइ दिएको थियो ।

मुद्दाको फैसला भएको र यादवले सफाई पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछि निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरले जानकारी दिए ।

यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन् ।

तपाईको प्रतिक्रिया