दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एककाे मृत्यु

दाङ ।दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो । घरमा उनको श्रीमतिसहित थिए ।

घर भत्किदा बाहीर भाग्दा श्रीमान च्यापिएका थिए तर श्रीमति भाग्न सफल भएकाले सकुसल रहेकी छन् । उनको घरको पूर्वतर्फको भाग भत्किएको थियो । उनका एक छोरा र एक छोरी अन्तै बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया