नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ। निगमले शनिबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १र१ रुपैयाँ घटाएको छ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ।
सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ। तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको निगमले जनाएको छ।
लेखकको बारेमा
तपाईको प्रतिक्रिया