लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बने डा. बासुदेव उपाध्याय

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. बासुदेव जनार्दन उपाध्यायले पाएका छन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए ।

उपाध्यायलाई सचिवको जिम्मेवारी दिएसंगै लुम्बिनीका स्वास्थ्य सचिव डा जनार्दन पन्थी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका छन् ।

 

तपाईको प्रतिक्रिया