राप्ती गाउँपालिका द्वारा हाडबासका अग्नी पिडितहरुलाई एक लाख बढीको राहत सामाग्री प्रदान

 

 

तुल बहादुर कवँर मगर

देउखुरी । दाङको राप्ती गाउँपालिकाले राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नी पिडितहरुलाई बिहीबार राहत सामाग्री प्रदान गरेको छ।

गाउँपालिकाले एक लाख बराबरको जस्तापाता र तीन हजार बराबरको तरकारी गाउँपालिकाकी उपाध्यक्ष धनपती यादव र वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको रोहबरमा पिडीतहरुलाई प्रदान गरेको हो।

राहात सामाग्री लिएर गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य रण बहादुर पुजाली लगायत पालिकाका कर्मचारीहरु हाडबास गाउँ पुगेका थिए ।

यसैबीच गढवा गाउँपालिकाले पनि सोही मुल्य बराबरको जस्तापाता प्रदान गरेको छ।

उक्त गाउँमा गत वैशाख १६ गते आगलागी हुदा २६ घर मध्ये २३ घर जलेर नष्ट भएको थियो ।

तपाईको प्रतिक्रिया