लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा,कृषि मन्त्री अहिरको राजीनामा

देउखुरी । लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ। पूर्व सहमती कार्यान्वयन नगरेको भन्दै कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले मन्त्री पदबाट राजीनामा दिदैँ सरकारबाट बाहिरिएका छन्।

 

माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन जनता समाजवादी पार्टीले समर्थन गरेको थियो।

त्यसको बदलामा सो पार्टीबाट दुई जना मन्त्री बनाउने लिखित सहमती गरेपनि अन्तिममा आएर एउटा मात्रै मन्त्रालय भाग परेपछी जसपा असन्तुष्ट थियो। अहिरले मन्त्री पदबाट राजीनामा दिएको पत्र बाहिरिएको छ।

तर,सरकारलाई दिएको समर्थन बारे भने केही खुलाइएको छैन्। चैत २२ गते चार राजनीतिक दल विच भएको सहमती अनुसार शहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने उल्लेख थियो। तर,सरकार विस्तार हुँदा जसपाबाट भण्डारीलाल अहिर मात्रै मन्त्री बनेपछी सो पार्टी सरकार संग अनसन्तुष्ट रहदै आएको थियो।

लुम्बिनी प्रदेशमा नयाँ राजनीतिक समिकरणको आधारमा पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा सरकार बनेको छ।

अहिले बनेको मन्त्रीमण्डलमा एमालेका पाँच, माओवादीका मुख्यमन्त्री सहित दुई, नागरिक उन्मुक्ती पार्टीका एक, एकिकृत समाजवादीका एक, जसपाका एक र एक स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री बनेका छन।

मन्त्री पदबाट राजनीतिनामा दिएका अहिरले आफुले पार्टीले भनेको आधारमा राजिनामा गरेको बताएका छन्।‘लिखित सहमती कार्यान्वयन भएन । पार्टीले छलफल गर्यो। मलाई राजिनामा दिन भन्यो मैले दिएँ’उनले भने,‘सरकारलाई दिएको समर्थन यथावत छ। खाली मैले मन्त्री पदबाट राजीनामा गरेको हुँ।’

तपाईको प्रतिक्रिया