देउखुरी । होटल पौवा भालुवाङले एक दिने स्वास्थ्य शिविर गर्ने भएको छ ।

राप्ती गाउँपालिका १ मा अवस्थित होटल पौवाले आफ्नो ८ औं वार्षिकोत्सवको अवसर पारेर चैत्र २५ गते शिविर गर्न लागेको शुक्रबार होटल पौवामा पत्रकार सम्मेलनको आयोजित गरेर जानकारी गराएको छ । बुटवल स्थित केन डाइबेटिज एण्ड थाईराइड सेन्टरको प्राविधिक सहयोगमा होटल पौवा भालुवाङको प्रागणमा विशेषगरी मधुमेह, मृगौला तथा उच्च रक्तचाप सम्बन्धी चेक जाँच गरिने होटल पौवा भालुवाङ शाखाका म्यानेजर श्याम न्यौपानेले बताए ।
पछिल्लो समय विश्वमा नै नसर्ने रोगहरु बढ्दै गइरहेको हुनाले पौवाले विशेषगरी मधुमेह, मृगौला तथा उच्च रक्तचाप सम्बन्धी निःशुल्क चेकजाँच तथा परामर्श गर्न लागिएको हो । चैत्र २५ गते आइतबार बिहान ७ बजे देखि ११ बजेसम्म चेकजाँच तथा परामर्श गरिने म्यानेजर न्यौपानेले बताए ।
उत्त दिन होटल पौवाको १२ वटै शाखाहरुले बिभिन्न कार्यक्रम गर्दै मनाउन लागेको छ । होटल पौवाको सामाजिक उत्तर दायित्व बहन हुने गरी पौवाका सबै शाखाहरुबाट विभिन्न कार्यक्रम गरी मनाउन लागेको होटल पौवाका व्याण्ड अफिसर विष्णु भण्डारीले बताए । २५ गते सबै शाखाहरुले स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, वृद्धाश्रममा खाना खुवाइने लगाएको कार्यक्रमको आयोजना गरिएको व्याण्ड अफिसर भण्डारीले बताए ।
नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेन्ट क्षेत्रमा नौलो प्रस्तुतिका रुपमा उदाएको छ । गुल्मीको रेसुङ्गा, दाङको भालुवाङ, लमही र घोराही, बुटवलको योगीकुटी, भैरहवा, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, पोखरा, बागमती प्रदेशको काठमाडौंको गौशाला, सुदुरपश्चिमको धनगढी र कर्णाली प्रदेशको जुम्लाबाट सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया