लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

देउखुरी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्।

 

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा संसदीय दलका नेता महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
संविधानकाे धारा १६८ काे उपधारा (२) बमाेजिम लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा महरालाई नियुक्ति गरिएको हाे ।

पाँच दल र एक स्वतन्त्र गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

 

तपाईको प्रतिक्रिया